७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

संवैधानिक इजलाशलको फैसलाअघि कामु प्रधानन्यायाधीश कार्कीसँग प्रचण्डको गोप्य भेट


११ साउन, काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूसँग निकट सम्बन्ध बनाउने र विवादित मुद्दामा फैसला अघि नै त्यसको सूचना चुहाउँदै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि अर्को विवाद हुने फैसला अघि कामु प्रधानन्यायाधीश दीपक कुमार कार्कीसँग भेटवार्ता गरेका छन ।

संवैधानिक नियुक्तिको रिटमा बुधबार नै फैसलाको तयारी गरेको भए पनि वरिष्ठ अधिवक्ता विपक्षीका कानुन व्यवसायी समेत रहेका सुशील पन्तले विपक्षी निकायलाई म्याद जारी नभएको तथा उनीहरुबाट पनि लिखित जवाफ माग गर्नुपर्ने भन्दै इजलाससमक्ष ‘अब्जेक्सन’ जनाएका थिए। त्यसपछि बुधबारको फैसला रोकिएको थियो ।

बुधबार बिहान प्रचण्ड कामु प्रधानन्यायाधीश कार्कीको निजी निवास कलंकी पुगेको र करिब दुई घण्टा बिताएको भरपर्दो सूचना दैनिकीले प्राप्त गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूले विवादि विषयको फैसला कहिले कुनै होटलमा त कहिले कुनै व्यापारी वा नेताको घरमा तयार गरेका सूचनाहरू यसअघि बाहिरिएका थिए ।

प्रचण्डले यसअघि पटक पटक सर्वोच्च अदालतबाट फैसला आउनु २४ घण्टा अगावै त्यसको सूचना सार्वजनिक कार्यक्रम वा कार्यकर्ता भेटघाटका नाममा चुहाउँदै आएका छन । यसअघि उनले एमाले अध्यक्ष नेतृत्वको तत्कालीन सरकार अपदस्त हुने र परामादेशको माध्यमबाट सर्वोच्चले नै प्रधानमन्त्री नियुक्त गर्ने सुनाएका थिए ।

त्यसअघि प्रचण्डले ओलीले सत्ता टिकाउनका लागि भनेर सरकारमा लगेका लोसपाका मन्त्रीहरूको नियुक्ति खारेज हुने फैसला अदालतको भन्दा अघि नै बताएका थिए । उनले त्यसरी बताउनेक्रममा आफूलाई प्राप्त सूचना अनुसार भन्ने गरेका थिए ।

त्यसै गरीरहेका प्रचण्डले बुधबार बिहान कामु कामु प्रधानन्यायाधीश कार्कीसंग गोप्य भेटवार्ता गरेका हुन् । तत्कालीन संवैधानिक परिषद्ले गरेको सबै सिफारिस बदर गर्नका लागि प्रयास गरिरहेका प्रचण्डले सोही मुद्दाको फैसलाका बारेमा कार्कीसँग कुरा गरेको अनुमान गरिएको छ । यसअघि प्रचण्डका घरबेटी विवादित ठेकेदार शारदाप्रसाद अधिकारीले कार्की र प्रचण्डको बीचमा समय सममा भेटवार्ता गराउँदै आएका थिए ।

उक्त फैसला अघि नै सर्वोच्च अदालत, प्रधानमन्त्री शेरबहादुर देउवा र उनै प्रचण्डको बीचमा कुन निकायमा कसलाई नियुक्तिको सिफारिस गर्ने भन्ने विषयमा समेत भागवण्डा भैसकेको छ । जस अनुसार कामु प्रधानन्यायाधीश कार्कीले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष पाउने सहमति भएको कुरा दैनिकीले नै केही दिन अघि सार्वजनिक गरेको थियो ।

यो पनि पढ्नुहोस्

फैसला अघि नै संवैधानिक पद ‘बाडफाँड’, कामु प्रधानन्यायाधीश कार्कीलाई आयोगको अध्यक्ष

ठेकेदार अधिकारीको समन्वयमा प्रचण्ड र कामु प्रधानन्यायाधीश कार्कीबीच गोप्य भेटवार्ता

सर्वोच्चको परमादेश, सत्ता गठबन्धन र एमसीसीको कनेक्सन, प्रचण्डले नै खोलिदिए पोल

सर्वोच्चले फैसला मार्फत देउवाजीलाई प्रधानमन्त्री तोक्ने सूचना पाएको छुः प्रचण्ड

देउवालाई चोरबाटोबाट प्रधानमन्त्री नियुक्त गरिदिए बापत प्रधानन्याधीशलाई मन्त्रीको कोटा

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार २२:२५