६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

विप्लवका प्रवक्ता प्रकाण्डलार्इ न्यायाधीशको रोहवरमा छाड्न सर्वोच्चको अादेश


१८ भदाै, काठमाडाैँ । सर्वाेच्च अदालतले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलार्इ नुवाकोट जिल्ला अदालतका न्ययाधीशको रोहबरमा छाड्न सर्वोच्च अदालतले निर्देशन दिएको छ । योसँगै सर्वोच्च अदालतले तेस्रो पटक विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बिना शर्त रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलाशले अदालतको आदेश कार्यान्वयन गर्ने दायित्व भएको निकायबाट बारम्बार आदेशलाई असम्मान गरेको भन्दै नुवाकोट जिल्ला अदालतको रोहोबरमा छाड्न अादेश दिएको हो ।

गत महिना नुवाकोटको बेलकोटगढीमा स्काभेटर आगजनी गरेको आरोपमा उनलाई फरार प्रतिवादी बनाई प्रहरीले मुद्दा दायर गरेको थियो। सोही मुद्दामा अदालत उपस्थित गराइएको दाबी जिल्ला प्रहरी कार्यालय नुवाकोटले गरेको छ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार १८:४७