१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

सरकारको गति देखेर अाश्चर्य नमान्न नेकपाका नेता योगेश भट्टरार्इको अाग्रह


१८ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले वर्तमान सरकारको गति देखेर अाश्चर्य नमान्न अाग्रह गरेका छन । सोमबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा नेता भट्टरार्इले ठूलो र दीर्घकालीन लक्ष्य हाँसिल गर्नुपर्ने भन्दै सरकारको अहिलेको गति देखेर आश्चर्य नमान्न आग्रह गरे ।

उनले अहिले नै केही भएन भनेर आत्तिने अवस्था नरहेको बताए । नेता भट्टरार्इले संघीयतामा देशले भर्खर बामे सर्दै गरेकाले यो पनि सफल हुने दाबी गरे । पर्यटन नै नेपालको प्रमुख आयस्रोत हुनसक्ने भन्दै भट्टराईले ताप्लेजुङको पाथीभरा मन्दिरकोमात्रै प्रचार गर्नसके पनि प्रदेश नम्बर–१ समृद्ध बन्ने बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार १७:२६