१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

माग पूरा गर्न सरकार तयार, कांग्रेसको समर्थनले अान्दोलन स्थगित गर्न चिकित्सक संघले मानेन्


१८ भदाै, काठमाडाैँ । आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सरकार सहमत भएको छ । मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरुको माग अनुसार नै ऐन संशोधन गर्न सरकारका तर्फबाट स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले सहमति जनाएका हुन् ।

मुलुकी अपराध संहिताको इलाजको महलमा डाक्टरले लापरबाहीपूर्ण उपचार गरेमा जन्मकैदको व्यवस्था राखिएको विरोधमा नेपाल चिकित्सक संघको आहृवानमा डाक्टरहरु बिरामीलार्इ अस्पतालमा अलपत्र छाडेर आन्दोलनमा उत्रिएका छन ।

आन्दोलनरत डाक्टरसँग सोमबार भएको वार्तामा स्वास्थ्य राज्यमन्त्री यादवले संहितामा शब्द चयनमा कमजोरी भएको भन्दै त्यसलाई सुधार्न सकिने बताएका नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले सरकारले सहमति जनाएपनि अान्दोलन भने नरोक्ने बताए । उनले संशोधन विधेयक संसदमा पेश नभएसम्म विरामीको उपचार गर्न नफर्किने बताए । नेपाली कांग्रेसका सभापतिले संस्थागत रूपमा कांग्रेसको समर्थन दिएपछि अझै हाैसिएको संघले सरकारको प्रतिवद्धतापछि पनि अान्दोलन नरोक्ने बताएको हो ।

यो पनि पढ्नुहोस्

–अस्पताल बन्द गर्ने चिकित्सक संघको अान्दोलनमा नेपाली कांग्रेसको समर्थन

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार १७:०८