१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

कोरोना संक्रमणबाट २ जनाको मृत्यु, ३४७ संक्रमित थपिए


८ साउन, काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ३ हजार ८८८ नमुना परीक्षण गर्दा ३४७ संक्रमित भएका हुन् । २ हजार ३६० पीसीआरमा ३०३ र १ हजार ५२८ एन्टिजेन परीक्षणमा ४४ जना संक्रमित फेला परेका छन् ।

२४ घण्टामा निको हुनेको संख्या ९५ रहेको छ । सोही अवधिमा ७८ हजार २२८ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार १७७ पुगेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार १६:५९