७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

उपप्रधानमन्त्री पोखरेलको छाता प्रकरणबारे सचिवालयको स्पष्टिकरण, वास्तविकता यस्तो रहेछ


१७ भदाैँ, काठमामडाैँ । उपप्रधान तथा रक्षामन्त्री इश्ववर पोखरेलको बारेमा छाता अोढेको फोटोलार्इ लिएर सामाजिक सञ्जालमा अाोलचना भैरहेको छ । बिमस्टेक शिखर सम्मेलन (१४-१५ भदौ) मा सहभागीमध्ये स्वदेश फर्कने दोस्रो सरकार प्रमुख थिए थाई प्रधानमन्त्री प्रयुत चाओचा । उनै थाइ प्रधानमन्त्रीलार्इ विदाइ गर्दाको छाता अोढेको विषयलार्इ लिएर उपप्रधानमन्त्री पोखरेलको अालोचना भैरहेको छ । यही अलोचनाको बीचमा पोखरेलको सचिवालले छाता प्रकरणबारे वास्तविकता भन्दै स्पष्टिकरण दिएको छ ।

पोखरेलको स्वकिय सचिव दिपेन्द्र श्रेष्ठले प्रत्यक्षदर्शीको रूपमा सार्वजनिक गरेको धारणा

वास्तविकता
—————

विमस्टेकमा सहभागी हुने अति विशिष्ट पाहुना (राष्ट्रपति र प्रधानमन्त्री) हरुलाई उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत÷विदाई गर्ने सरकारको योजना बमोजिम २०७५ भाद्र १५ गते पनि उहाँसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरुसहित हामी दिउँसो १२.३० बजे विमानस्थको विशिष्ट व्यक्तित्वलाई स्वागत/विदाई गर्ने स्थलमा पुगिसकेका थियौं । दिउँसो १ बजे बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई विदाई गरेपछि १.३० बजे थाइल्याण्डका प्रधानमन्त्र चाङ–ओ–चा निर्धारित समयमै विमानस्थल पुग्नुभयो । उहाँलाई गाडिबाट स्वागत गरी सम्मान गर्ने स्थलमा पैदल स्कर्टिङ गरिरहँदा एक्कासी सिमसिमे पानी प¥यो । मौसममा आउने सामान्य परिवर्तनले यस्तो विशिष्ट व्यक्तिका लागि निर्धारित तालिका र व्यवस्थालाई परिवर्तन गरेर ‘एकछिन रोकौं’ भन्ने कुरा भएन, पैदल स्कर्टिङ अगाडि बढिरह्यो । यही निमेषमै एकजना नेपाली सेनाका साथीले एउटा छाता लिएर आउनुभयो, र उपप्रधानमन्त्रीज्यूले स्वभाविक हिसाबले अतिथि थाइल्याण्डका प्रधानमन्त्रीलाई ओडाईदिन निर्देशन दिनुभयो र सेनाका ती साथीले सोही गर्नुभयो । सेनाका ती साथीभन्दा थाइल्याण्डका प्रधानमन्त्री अग्लो भएकाले छाता ओडाई अलि अप्ठ्यारो भएपछि थाइल्याण्डका प्रधानमन्त्रीज्यूले छाता आफै बोक्नुभयो र यात्रा अगाडि बढ्यो ।

यत्तिकैमा नेपाली सेनाका अरु साथीहरुले पनि केही छाता बोकेर पछाडिबाट कुदेर आउनुभयो र उपप्रधानमन्त्री सहित अन्य महानुभावहरुलाई पानीबाट जोगाउन प्रयास गर्नुभयो । विदाई कार्यक्रममा फोटोमा देखाइएका भन्दा अरु धेरै जना उच्च तहका नेपाल तथा थाइल्याण्डका पदाधिकारीहरुको उपस्थिति थियो । यद्यपी व्यक्तिलाई रुझाउने खालको पानी अवश्य थिएन, मसिनो सिमसिम पानी परिरहेको थियो । विदाई गर्ने स्थलमा पुगेपछि उपप्रधानन्त्रीज्यूले पाहुनालाई फूलको गुच्छा प्रदान गरी विदाई गर्नुभयो । फूलको गुच्छा लिने बेलामा पाहुना थाइल्याण्डका प्रधानमन्त्रीज्यूले छाता फेरि नेपाली सेनाका साथीलाई सुम्पनुभयो र फूल स्वीकारी अगाडि तयार भइसकेको स्कर्टसहितको गाडि चढ्नुभयो । राष्ट्रको औपचारिक समारोह भएकाले पत्रकार तथा क्यामरापर्सनहरु प्रशस्त तयारी अवस्थामा हुनुहुन्थ्यो र सम्पूर्ण घटना क्यामेरामा कैद गरिरहनु भएको थियो । लेख्दा लामो भएपनि यो विवरण लगभग १० सेकेण्डभित्रको घटना हो ।

यही निमेषको घटनामा खिचिएका सयौं फोटोमध्ये एक फोटोमा आधारित भएर समग्र व्यक्तिको चरित्रसँग तुलना गरेर फेसबुकमा चासोहरु व्यक्त भइइरहे । यो स्पष्टीकरण हाम्रा असल नियतका साथीहरुका लागि सम्प्रेषण गरिएको हो, जो यथार्थ जानकारी नहुँदा फेसबुकमा आएका तुच्छ शब्दहरुबाट दुःखित तर डिफेन्सिभ हुनुभएका छन् । नियत नै बांगा भएका महानुभावहरुलाई यो समय खर्चनु आवश्यक थिएन र खर्चेको पनि हैन । मसिनो घटनालाई अतिरञ्जित गरि प्रस्तुत गर्ने र त्यसलाइै विश्वास गर्ने महानुभावहरुप्रति रिस हैन, दया लागेको छ र चिन्ता पनि लागेको छ – हाम्रो समाजमा यस्ता महानुभावहरुको उपस्थिति छ भनेर ।

प्रकाशित मिति : १७ भाद्र २०७५, आईतवार २०:१०