१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एसिया कप छनोट क्रिकेटमा नेपालको दोस्रो जित, जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा


१७ भदौ, काठमाडौँ । एसिया कप छनोट क्रिकेटमा नेपालले दोस्रो सफलता पाएको छ । सिंगापुर विरुद्ध ४ विकेटले विजयी हुँदै नेपालले फाइनलमा पुग्ने झिनो सम्भावना जिवित राख्न सफल भएको हो ।

सिंगापुरले नेपाललाई १ सय ५२ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर अनिल शाहले आक्रमक सुरुवात दिएका थिए । उनले ३२ बलमा ४३ रन बनाए । यसैगरी ज्ञानेन्द्र मल्लले २९ र दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ३३ रन बनाए ।

नेपालले आफ्नो अन्तिम खेल हङकङविरुद्ध खेल्नेछ । अघिल्ला दुई खेल हारिसकेकेा र रन रेट पनि कमजोर रहेकोले नेपाल फाइनलमा पुग्ने सम्भावना न्यून छ । यो जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७५, आईतवार १३:२३