१४ आश्विन २०७९, शुक्रबार | Fri Sep 30 2022

पूर्व बैंकर भुवन दाहालको ‘रिटायरमेण्ट एट फिप्टी’ बजारमा

१ साउन, काठमाडाैँ । नेपाल बैंकर संघका पूर्वअध्यक्ष भुवन दाहालको ‘रिटायरमेण्ट एट फिप्टी’ नामक पुस्तक आजबाट बजारमा आएको छ । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा बिताएका दाहाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भएपछि सो पुस्तक लेखेका थिए ।

त्यसअघि नबिल बैंकको प्रमुख वित्त अधिकृतका रुपमा काम गरेका दाहाल नेपाल बैंकर्स संघको अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनका अनुसार सातवटा अध्यायमा पुस्त्कमार्फत ३० वर्षे बैंकिङ अनुभवलगायत विभिन्न विषय समेटेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार ०९:२९