१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

भारतको दिल्लीमा प्रचण्ड र आरजुबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति !


३२ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवाको बीचमा आगामी चुनावपछि बन्ने सरकारमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

भारतका लागि कम्फर्टेबल सरकार बनाउन लागि भन्दै सर्वोच्च अदालतको परमादेश मार्फत नेकपा एमालेको तत्कालीन सरकार अपदस्त गराएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि सत्ता सुम्मेका प्रचण्डले आगामी चुनावपछि बन्ने सरकारमा देउवा पत्नी आरजुलाई प्रधानमन्त्री बनाउने सहमति गरेका हुन ।

प्रचण्डले नेपालमा हुँदा नै आरजुलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने बचन दिएका थिए भने त्यसका लागि आलोपालोको सर्त राखेका थिए । सो कुराको सूचना वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले सामाजिक सञ्जाल मार्फत करिब चार साता अघि नै सार्वजनिक गरेका थिए ।

उनले अबको राजनीतिक घटनाक्रम र विकासक्रम पनि प्रचण्ड र आरजुको निकटमा रहेर विकास हुने संकेत गरेका थिए । नेपालमै भएको उक्त कुरालाई भारतमा पुगेर भारतीय साक्षी राखेर प्रचण्ड र आरजुले आलोपोलमा सहमति गरेको स्रोतले जनाएको छ । उनीहरूले आफ्नो वा टु वान भेट सकिएपछि भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहाल समेतसँगै भएको तस्बीर सार्वजनिक गरेका छन ।

देखाउन लागि राजदूत शर्मा र गंगा पनि भएको तस्बीर सार्वजनिक गरिएको भए पनि उनीहरूले दुई जनाले भारतीय जनता पार्टी (भाजपा) विजय चौथाइवालेको रोहवरमा आलोपालोमा सहमति गरेको स्रोतले जनाएको छ । गोप्य सहमति छायाँमा पार्न प्रचण्डभने प्रधानमन्त्री पत्नीसँग दिल्लीमा भेटघाट गरेको भन्दै तस्बीर सार्वजनि गराएका छन ।

भाजपा महासचिव चौथाइवालेसँग प्रधानमन्त्री पत्नीको अस्वभाविक निकटता देखिएको छ । प्रधानमन्त्री निवासमा राखेर राखी बनिदिनेदेखि चौथाइवालेसँग पटक पटक भेटवार्तामा आरजुले समय खर्च गरिरहेकी छिन ।

प्रचण्डको पछिल्लो भारत भ्रमण पनि चौथाइवाले र आरजुको सेटिङमा भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भएको हो । प्रचण्ड अहिले भारतमै रहेका छन । कुटनीतिक मर्यादाविपरित प्रधानमन्त्री पत्नी भारतीय नेताहरूसँग नेपालको पहिलो महिला प्रधानमन्त्री बनाइदिन भन्दै आशिवार्द माग्दै हिडिरहेकी छिन ।

देउवाले पत्नीका लागि कांग्रेसको राजनीति नै दाउ लगाएको थाहा पाएपछि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामीन निर्वाचनपछि आफू प्रधानमन्त्रीको उम्मेदवार हुने घोषणा गरेका छन भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि त्यसमा समर्थन गर्ने घोषणा गरिसकेका छन ।

देउवा निकटका केही दास प्रवृतिका नेताबाहेक अहिले डा शेखर कोइराला समूहका नेताको बीचमा कांग्रेस कसरी बचाउने भन्ने विषयमा चर्चा हुन थालेको छ । देउवाले आगामी निर्वाचनमा पनि गठबन्धन गर्ने  र प्रचण्डलाइ निर्णायक शक्ति बनाउने तयारी थालेका छन । तर कोइराला पक्षका नेताहरू गठबन्धनमा स्थानीय चुनावमा जस्तो इमान्दारिता अबको संघीय चुनावमा नहुने बताइरहेका छन ।

यो पनि पढ्नुहोस्

भारतीयको रात्रीभोज खान दूतावासमै पुगे देउवा, प्रचण्ड र माधव नेपाल

प्रचण्डको दस्तावेजमा भारतीय विस्तारवादबारे उल्लेख गर्न समूह नेताको माग, कसले के भने ?

रञ्जित रेको रात्री भोज अघि प्रचण्डको सम्बोधनः भारतले नचाहेको भए शान्ति सम्झाैता हुन्थेन

भारतीय राजदूत भेटेपछि प्रचण्डको गुनासोः मसँग खुलेर कुरै गर्न चाहनुभएन

प्रचण्ड र बाबुरामले पत्र नै लेखेर ‘भारतको हितविरुद्ध नजाने’ प्रतिवद्धता जनाएको प्रमाण भेटियो

भारतका लागि कम्फर्टेबल सरकार बनाउने घोषणा गरेका प्रचण्डहरू आज निर्वाचन आयोग नजाने

भारतका लागि कम्फर्टेबल सरकार बनाउने प्रचण्डको अभियानमा कांग्रेसले साथ दिन्छः महामन्त्री कोइराला

भारतका लागि नेकपा विभाजन र सरकारविरूद्ध आन्दोलन गरेको प्रचण्डको खुलासा

सरकार ढाल्न सक्रिय भारत भनेकै हामी हाैँः प्रचण्ड

भारतीय चाहनामै दिल्ली जाँदैछुः प्रचण्ड

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार १३:०७