१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित, मलेसिया १९ रनले पराजित


१६ भदाै, काठमाडाैँ । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेलमा पराजय व्यहोरेको नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गर्यो ।

वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाएर १८८ रन बनाएको थियो ।  मलेसिया १६९ रनमा अल अाउट भएपछि नेपाल १९ रनले विजयी भएकाे हाे ।

नेपालको जितामा बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए । यसैगरी सागर पुन र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । नेपालले भोलि सिंगापुरसँग खेल्ने छ ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार १५:३७