७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मलेसियाको दोस्रो विकेट पतन


१६ भदौ, काठमाडौँ । एसिया कप छनोट क्रिकेटमा नेपालले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको मलेसियाले दोस्रो विकेट गुमाएको छ ।

नेपालका लागि बसन्त रेग्मीले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भए । बसन्तले अहमेद फैजलाई २२ रनमा पारस खड्काको हातबाट क्याच आउट गराए । यसअघि नेपालका लागि सोमपाल कामीले विकेट लिदै पहिलो सफलता दिलाएका थिए ।

सोमपालले शाफिक शारिफलाई ९ रनमा आउट गराएका थिए । मलेसियाको अहिले ११ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ६९ रन बनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार १४:४२