७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

असारमा बाली लगाउँदै किसानमा चिन्ता : यस वर्ष उत्पादन घट्छ


२६ असार, महोत्तरी । मलखाद तथा उन्नत बिउबिजन अभावले यस वर्ष महाेत्तरीमा कृर्षि उत्पादन घट्ने किसानकाे भनाइ छ । समयमै बिउबिजन नपाएको र भने जसरी मलखाद हाल्न नपाएपछि उनीहरू बाली लगाउन बेलादेखि नै चिन्तामा परेका हुन् ।

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार महोत्तरीमा असारको अन्तिमसम्म जम्मा ३३ प्रतिशत मात्रै रोपाइ भएकाे छ । `धान रोपाइ त गरियो तर फल्छ कि फल्दैन बडो गार्‍हो छ ।´ बर्दिबास-३ का किसान सुजन पौडेलले भने ।

एकातिर जलवायु परिवर्तनको प्रकोप अर्कोतिर मलखाद अभावका कारण किसानहरू कृर्षि पेशाबाटै बितृष्ण लागेकाे बताउँछन् । प्राङ्गरिक मलले मात्र उत्पादन नहुने र उत्पादनका लागि रासायनिक मलमा नै भरपर्नु पर्ने बाध्यताले पछिल्लो समय समस्या बन्दै गएको किसानहरूको गुनासो छ ।

कृषि विज्ञ भने उत्पादनमा कमी आउनु किसानको आफ्नै कारण पनि रहेबाे बताउँछन् । खेतबारीमा रासायनिक मल मात्र हाल्नाले केही बर्ष उत्पादन बढे पनि त्यसपछि स्वत ह्रास आउने विज्ञहरूको बुझाइ छ । किसानहरूले विज्ञसँग छलफल नै नगरी आफूखुसी बिउ प्रयोग गर्दा पनि उत्पादनमा ह्रास आएको वरिष्ठ कृषिविज्ञ माहादेवप्रसाद पौडेलले बताए ।

किसानहरूले प्रयोग गर्दै आएको सोना मन्सुली धानको प्रजाति सोना मन्सुली नै नभएको विज्ञहरूले बताए । सोना मन्सुली भनिएको धानलाई किसानहरूले बिस्थापन नै गर्नुपर्ने सुझाव दिँदै वरिष्ठ कृषिविज्ञ ललनकुमार सिंहले उत्पादन बढाउन बिउबिजन समेत उपयुक्त छनोट गर्नुपर्ने बताए । मौसमको अस्वभाविक परिवर्तन हुँदा किराहरूको प्रकोपले पनि किसानले समस्या भोग्दै आएका छन् । जसकाे कारण उत्पादनमा ह्रास आएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आईतवार १६:४१