१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अधिवेशन साउन १३ मा, विभिन्न उपसमिति गठन


२५ असार, काठमाडाैँ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको तेस्रो राष्ट्रिय अधिवेशन साउन १३ गते काठमाडौँमा गर्न विभिन्न सात वटा कमिटी गठन भएको छ । यसका लागि शुक्रबार उक्त व्यवसायी संगठनले विस्तारित बैठक अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

नेकपा एमाले निकट पर्यटन व्यवसायीको यस संगठनले विस्तारित बैठक अधिवेशन आयोजक कमिटी गठन गरेरै जाने निर्णय गरेको हो । अधिवेशन आयोजक कमिटिको संयोजक पूर्णबहादुर कुँवर छन ।

अधिवेशन सम्पन्न गर्न विभिन्न कमिटि गठन भएको छ । आर्थिक कमिटीमा कलाधर बराल, लीला लामा र कमल नेपाल रहेका छन । प्रतिनिधि छनोट कमिटीमा पूर्ण बहादुर कुँवर, राजेन्द्र सापकोटा र यमबहादुर खड्का छन । अतिथि सत्कार कमिटीमा प्रदीप आचार्य, जीवन थपलिया, विदुर खतिवडा र जया बराल रहेका छन ।

मञ्च व्यवस्थापन कमिटीमा जीवन थापा मगर, प्रह्लाद लोहनी र दीपक दाहाल रहेका छन । घोषणा पत्र तयार गर्ने कमिटीमा घनेन्द्रबहादुर श्रेष्ठ, डा. आलोक प्रसाई र टिकाराम गुरुङ छन् ।

य व्यवस्थापन गर्ने सम्बन्धी कमिटीमा कलाधर बराल, सुधीर उपाध्याय, राम वली दास तथा प्रचारप्रसार कमिटीमा मदन भण्डारी, बासु लम्साल र विष्णु पाण्डे रहेका छन् । कमिटीमा आवश्यकता अनुसार सदस्य थप गर्न सकिने संयोजक कुँवरले बताए ।

महाधिवेशन प्रतिनिधि हुन आगामी साउन ७ गते सम्म सदस्यता बनेकालेमात्र पाउनेछन । बैठकमा राष्ट्रिय उद्योग व्यवसाय महासंघका अध्यक्ष एलपी सावाँ लिम्बु, एमाले पर्यटन विभागका सचिव घनेन्द्र श्रेष्ठ, राष्ट्रिय उद्योग व्यवसाय महासंघका उपाध्यक्ष सिएन पाण्डे, महासचिव भगिरथ सापकोटा, पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल लगायतले पर्यटन व्यवासयको श्रीवृद्धिका लागि व्यवसायीहरूलाइ एकीकृत गरेर लैजानुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार १८:३०