४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

सत्ता गठवन्धनको प्रभाव र त्रि.वि.कर्मचारी संघको निर्वाचन


-उमा पाण्डे

मुलुकको जेठो र विद्मार्थी संख्याको अनुपातमा अन्य विश्वविद्यालय भन्दा धेरै ठूलो छ त्रिभुवन विश्वविद्यालय । त्रिभुवन विश्वविद्यालयले विश्वमा आफ्नो छुट्टै पहिचान वनाउन सफल भएको भएता पनि देश भित्रकै राजनीतिक कारणवाट दिन प्रतिदिन आफ्नो साख गुमाउन गैरहेको सवैमा विदितै छ । पटक पटकको वन्द र हड्तालका कारणवाट शिथिल त्रिभुवन विश्वविद्यालयले अध्ययन अध्यापनमा गुणस्तरता कायम गर्न नसकेको र प्रशासनिक कार्य समेत सञ्चालनमा अवरोध हुनुले गिर्दो साखमा अझै थप मलजल गरेको छ ।

यही बीचमा विश्वविद्यालयको प्रमुख तीन साझेदारहरू कर्मचारी, विद्यार्थी र शिक्षक मध्ये कर्मचारीहरुको छाता संघ त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको १२ औं निर्वाचनको घोषणा राष्ट्रिय सम्मेलनवाट जेठ ३० गतेको लागि गरियो । विधानमा व्यवस्था भए वमोजिम आफ्नो ३ वर्षे कार्यकालको अवधि भुक्तान गरि थप साँढे २ वर्ष अर्थात समग्रमा साढे ५ वर्ष समय व्यतित भैसक्दा पनि वर्तमान कर्मचारी संघले निर्वाचन गराउन नसक्दा तमाम कर्मचारीहरुमा नैराश्यता उत्पन्न भैसक्नु स्वभाविक थियो । नयाँ नेतृत्व चयन नहुँदा समय व्यतित भैसकेको नेतृत्वको विश्वसनीयतामा प्रश्न उठ्नु र तमाम कर्मचारीहरुका मुद्धा ओझेलमा पर्नुलाई सबै पक्षबाट गम्भीर रुपमा मनन गरिएकै हो ।

देशको सत्ता परिवर्तन संगसंगै विश्वविद्यालयमा सत्ताधारीहरुले अनुकुलता खोज्दा र मौकामा फाईदा खोज्न तम्सिने वर्गहरूका कारणबाट कर्मचारीहरूमा भयरहित निर्वाचन हुने र सक्षम नेतृत्व चयनमा शंका उत्पन्न हुँदा जेष्ठ ३० गतेको निर्वाचन कार्यक्रम एकाएक असार १० गतका लागि सारियो । तैपनि निर्वाचन जसरी पनि गराउनु पर्दछ भन्ने स्पष्ट विचार वोकेका कर्मचारीहरूबाट सहर्ष असार १० गतेको निर्वाचनलाई स्वीकार गरि देशैभरि त्रि.वि. कर्मचारी संघको निर्वाचनका लागि सकारात्मक सञ्चार भर्ने काम गरियो ।

निर्वाचनका लागि गठन भएको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गरेसंगै त्रि.वि.मा क्रियाशिल वैचारिक संघ संगठन आआफ्नो निर्वाचन केन्द्रित कार्य योजना वनाउन व्यस्त रहे । त्रि.वि.मा केन्द्रित ठूला संगठन त्रि.वि.प्रगतिशील कर्मचारी संगठन, प्रजातान्त्रिक समूह र राष्ट्रिय कर्मचारी संगठन आआफ्नो जोड घटाउमा व्यस्त रहे भने केन्द्रीय सत्ताको फुटसँगै जन्मेको नयां शक्ति एकिकृत कर्मचारी संगठन पनि आफ्नो उपस्थिति कसरी देखाउन सकिन्छ भनि कसरतमा लाग्यो ।

यहीबीचमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको विगतको अनुभवलाई सार्थक पहलतिर जोड्नु पर्दछ भनि त्रि.वि.प्रगतिशील कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठन वार्ता र छलफलवाट सामूह तयार गरि निर्वाचनमा जान प्रयत्न गरेको समाचार एकाएक वाहिरियो । जसरी पनि आफू अनुकुल परिणाम पार्नुपर्दछ भन्ने मानसिकता वोकेर बसेका र सत्ता गठवन्धनको धङ्गधङी वोकेका सीमित व्यक्तिहरूबाट देशको केन्द्रीय राजनीतिमा जस्तै त्रि.वि.कर्मचारी संघमा भागवण्डा हुनुपर्दछ भनी आफ्नो कसरतमा लागे ।

स्वतन्त्र भनिएका केहि व्यक्तिबाट सत्ताको आडमा तमाम कर्मचारीहरुको मत बाँडफाँड गर्ने कसरत समेत भयो । साझा संगठन वनाउने नाममा गर्विले इतिहास वोकेको प्रगतिशील कर्मचारी संगठनलाई भागवण्डा गरी केहि सीमित पदहरूमा खुम्च्याउने र ५ वर्ष अघिको हाम्रो यति मत र उती मत भनी हिसाब गरेर निकम्मा वर्तमान कर्मचारी संघको नेतृत्व परिवर्तन गर्न तत्पर रहेर बसेका कर्मचारीहरुको भावनामा भागवण्डाको नाममा बाँडफाँड गर्ने रणनीति र कसरत भित्रभित्रै गरियो । प्रत्येक संगठन भित्रका सीमित स्वार्थी झुण्डहरू वटुलेर फेरि पनि अर्को ५ वर्ष राज गर्ने दाउमा केहि व्यक्तिहरू लागिपरे ।

जति जति निर्वाचनको नजकिदै उम्मेदवारी दर्ता प्रक्रियाको दिन अगाडि आउंदै गयो त्यति त्यति चुनावी सरगर्मी वढ्दै गयो । विचार, आस्था र दृष्टिकोणको रुपमा हिजो एकै कदममा पाइला चालेका प्रगतिशील कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठन एकै भएर जानु पर्दछ भन्ने तमाम कर्मचारीहरुको आग्रह र चाहना अनुरुप छुट्टाछुट्टै वार्ता कमिटी वनाई एकता प्रयास गरियो र प्रारम्भिक चरणको जम्मा एक पटकको वार्ता पश्चात अर्को वार्ताको लागि दुबै पक्ष तयार भएर दुबै पक्षको वार्ता कमिटीको वार्ता वस्ने तय भएको दुई घण्टा समय अगावै केन्द्रीय सत्ताको प्रभाव र धङ्गधङी स्वरुप सत्ता गठवन्धनको नाममा सीमित व्यक्तिहरुको स्वार्थमा डुवुल्की मार्दै तमाम् कर्मचारहरूको भावना र विश्वासघात गर्दै एक विज्ञप्ति आयो । जुन अप्रत्याशित र अप्राकृतिक गठबन्धन हो भनि त्रि.वि.प्रगतिशील कर्मचारी संगठनले लियो ।

निर्वाचन मिति नजिकिदै गर्दा आफ्नो छुट्टै समूह दर्ता गर्ने गरि त्रि.वि.प्रगतिशील कर्मचारी संगठनले योजना अगाडि वढायो र परिवर्तनका लागि तयार भएर वसेको जनमत माथि आघात पुग्ने गरि प्रतिपक्षबाट भएको प्रहार चिर्नेगरी निर्वाचनको माहोल तयार गर्न संगठन केन्द्रित रहयो र छुट्टै पहिचान, इतिहास र गौरव वोकेको तमाम कर्मचारीहरुको आस्था र भावनाको शिरोधार गर्ने गौरवशाली संगठन त्रिवि.प्रगतिशील कर्मचारी संगठन विश्वविद्यालयमा लामो अनुभव, स्पष्ट दृष्टिकोण र सवैले रुचाईएका व्यक्तित्व छत्रवहादुर कार्कीको नेतृत्वमा निर्वाचनमा होमियो ।

निर्वाचनका दौरानमा केन्द्रीय कमिटीका तर्फबाट लगायत सबै कर्मचारीहरू, प्रगतिशील कर्मचारी संगठनलाई मन, वचन र कर्मदेखि माया गर्ने तमाम मतदाताहरू परिवर्तनका लागि समय कुरेर बसेर राजनीतिक आस्थाप्रति कुनै झुकाव नभएका कर्मचारीहरुको माया, ममता र सद्भाव देखेर सत्ता गठबन्धन पक्षधर प्रतिपक्षीहरू अत्तालिई सकेका थिए ।  तैपनि हामी संयमित भै रणनैतिक योजनाका साथ व्यक्ति देखि व्यक्ति सम्म, साझा समूह र प्रत्येक निकायमा रहेका मतदाताहरू समक्ष पुगी हाम्रा प्रतिवद्धताहरुमाथि थप विश्वसनीयता वढाई उहाँहरूको सम्मानित मतलाई आदर र सम्मानका साथ हाम्रा संगठनका उम्मेदवारहरुलाई मत दिन अनुरोध गरिरहयौ ।

संघीय व्यवस्था विपरित विधानमा भएको मर्म र भावनामा ठेस पुर्याएको गठबन्धनको रवैया विपरित प्रदेश अनुरुप उम्मेदवार चाहिन्छ भनी माग दाबी गरिरहँदा समयमा निर्णय दिन नसक्ने निर्वाचन आयोग र आफू अनुकुल परिणाम नआउने देखिएपछि गठवन्धनको दवाव र प्रभावमा निर्वाचन सार्ने प्रपन्च विपरित संगठनले माग दाबी गरेको प्रदेश स्तरीय प्रतिनिधित्ववाट पछि हट्न वाध्य पारिएकै हो । प्रदेश प्रतिनिधित्वको विषयमा विधानका भावना विपरित गलत व्याख्या गरियो । जुन व्याख्या अहिले पनि गलत नै छ र यो पेचिलो विषय गण्डकी र कणाली प्रदेशका मतदाता समक्ष स्पष्ट पार्नु पर्दछ भनी संगठन त्यस तर्फ केन्द्रित रहयो ।

प्रचार प्रसारका क्रममा हामी माथि गलत नियत र प्रभावका साथ विश्वविद्यालयका पदाधिकारीदेखि संगठनका पूर्व व्यक्तित्वहरु माथि जुन रुपमा तल्लो स्तरको टिकाटिप्पणी गरियो र भ्रम छर्ने प्रयास गरियो, विचार र आस्थामाथि प्रहार गर्ने कार्य भयो त्यो नै संगठनका प्रत्येक सदस्यका लागि अझै बढी एकीकृत हुने माध्यम बन्दै गयो ।

आफ्ना एजेण्डा र विगत ५ वर्षदेखिको उपलव्धि लिएर मतदाता समक्ष जानु भन्दा व्यक्ति माथि हमला र अत्याधिक भ्रम छर्ने प्रयास गठवन्धनबाट गरियो तर पनि गलत नियतका साथ छरिएको भ्रमको पछिल्लो समय व्याक फायर भयो । फलस्वरुप मिति २०७९ आषाढ १० गते निर्वाचन सम्पन्न भयो । निर्वाचन पश्चात जे जस्ता टिप्पणी गरिएता पनि हाम्रो पक्षमा परिणाम आउनेमा हामी ढुक्क थियौँ।  जस अनुरुप मतगणना पश्चात सत्ताधारी गठवन्धनलाई पराजित मात्रै होइन क्लिन स्वीप गर्दै प्रगतिशील संगठनका उम्मेदवारहरुलाई अत्याधिक मत परिणाम आयो । यद्यपी कार्की नेतृत्वको नयाँ समिति मात्तिने अवस्थामा छैन् । सबैलाई समेटेर कर्मचारीको हकहितका लागि कम्मर कसेर लाग्नेछ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १०:४९