१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

एसिया कप छनोट: यूएईविरुद्ध नेपालले फिल्डिङ गर्दै


१४ भदाै, काठमाडौँ । एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा ओमानसँग पराजित नेपाललाई दोस्रो खेल जित्नैपर्ने अवस्था छ । यूएई र नेपाल दुवै वानडे अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोली भएकाले यस खेल ओडीआई मान्यता प्राप्त खेल हुनेछ । यस खेलमा नेपालका लागि सागर पुनले ओडीआई डेब्यु गर्दै छन् ।

मंगलबार ओमानविरुद्ध सागरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । उनले त्यस लयलाई आजको खेलमा पनि निरन्तरता दिँदै टोलीमा स्थान बलियो बनाउने प्रयासमा रहने छन् ।

अघिल्लो खेलमा नेपालले अपेक्षाकृत बलिङ गर्न नसक्दा पराजय बेहोरेको थियो । उक्त प्रदर्शनलाई सुधार गर्दै जित हात पार्ने कप्तान पारस खड्काले बताएका छन् । नेपाललाई प्रतियोगिताको फाइनलमा प्रवेश गर्न यस खेलले निकै महत्त्व बोकेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहीबार ०७:४५