८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अमिताभ बच्चनले गरे शहीद परिवार र किसानको ऋण मिनाहाका लागि ४ करोड दान


१३ भदाै, काठमाडाैँ । बलिउडका महानायक अमिताभ बच्चनले शहीद परिवार र किसानको ऋण मिनाहाका लागि ४ करोड दान गर्ने बताएका छन् । बच्चनले टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ को १०औं सिजनको पत्रकार सम्मेलनमा शहीद परिवारलाई १ करोड  दान गर्ने बताएका हुन् ।

बच्चनले आफूले शहीद परिवारका लागि केही गर्न चाहिरहेको र त्यसका लागि यसै हप्ताको सोमबार उनलाई सरकारका तर्फबाट ४४ शहीद परिवारको सूची प्राप्त भएको थियो । ती शहीद परिवारको हेरचाहका लागि अमिताभले १ करोड ६० लाख रुपैयाँ वितरण गरिसकेको बताएका छन ।

बच्चनले भारतीय किसानहरुले ऋणले थिचिएर गर्ने आत्महत्याले आफू निकै दुखी भएको बताउँदै किसानहरुको सहायतास्वरुप उनीहरुको ऋण मिनाहका लागि डेढ करोड भारतीय रुपैयाँ दान समेत गर्ने बताएका छन । उनले शहीद परिवार तथा किसानहरुको सहयोगका लागि ४ करोड रुपैयाँ दान गरेका छन् साथै, उनले केही दिनअघि केरलाका बाढीपीडितका लागि ५१ लाख भारतीय रुपैयाँ सहयोग गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार १९:३१