१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट १५ पुस्तकको सूची घोषणा


१५ असार, काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची घोषणा गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेको हो । दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले जानकारी दिए ।

उत्कृष्ट पुस्तक यस्ता छन्ः

अग्नि- डा नवराज लम्साल

अर्काे भोर- केशवराज ज्ञवाली

एक सम्बोधन समयमाथि – दीनानाथ शर्मा

काफ्काको काम सकियो- राजव

गुरु- कविता राई

छाइल – लोकराज भट्ट

ताल्चा- दिलीप बान्तवा

निनाद – बल्लरी अलका आत्रये

पैतालामा हिउँ, आँखामा हिमाल- राजेन्द्रमान डंगोल

भिक्षूसँग प्रेम- उषा हमाल

भोजपुरको बाङ्मय – डा विप्लव ढकाल

महाभारा – बसन्त बस्नेत

मिथ्या- दीपक पराजुली

यादहरूको संग्राहलय- केवल विनाबी

सत्यमोहन- गिरीश गिरी

प्रकाशित मिति : १५ असार २०७९, बुधबार ०७:११