१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

मंगलबार नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत


१४ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा मंगलबार एभरेष्ट इन्स्योरेन्स, समिट लघुवित्त वित्तीय संस्था र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

एभरेष्ट इन्स्योरेन्सकाे ७ लाख १० हजार १६२.६४ कित्ता बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ६ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै समिट लघुवित्त वित्तीय संस्थाको ९ लाख ९७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५.२८५४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यसैगरी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको २ लाख ९५ हजार ८१२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार २१:०१