१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एसियाडमा नेपाल पदकबिहीन हुनबाट बच्यो, प्याराग्लाइडिङतर्फ रजत पदक प्राप्त


१३ भदाै, काठमाडाैँ । इण्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङतर्फ नेपालले रजत पदक हात पारेको छ ।प्याराग्लाइडिङको उत्कृष्ट प्रदर्शनले नेपाल यसपटक एसियाली खेलकुदमा पदकविहीन हुनबाट बचेको छ । पदकको आशा गरिएका अन्य खेलहरुले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा प्याराग्लाइडिङले भने पुरुष टिम क्रसकन्ट्रीमा रजत पदक जित्न सफल भएको छ ।

बुधबार पाँचौं तथा अन्तिम चरणको खेल प्रतिकुल मौसमका कारण प्रभावित भएको थियो । यस स्पर्धाको स्वर्ण जापानले जितेको छ । अंकको आधारमा नेपाल पछि परेको हो । नेपाल जापानभन्दा मात्र २७ अंकले पछि परेपछि स्वर्णको सुनौलो अवसरबाट बञ्चित भएको हो । २५ किलोमिटरको टाक्स घटाएर साढे १२ किलोमिटरमा झारिएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार १७:४४