११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

मकै बारीमा आमाको हत्या गर्ने छोरा पक्राउ


१४ असार, चितवन । आफ्नै आमा माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १३:३३