११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

एसईई कप फुटसलकाे उपाधि इम्यानुअललाई


१४ असार, भक्तपुर । ‘खेल र अनुशासनसहितको शिक्षा’ भन्ने भनाइलाइई आत्मसात गर्दै विनायक शिक्षा निकेतन स्कुल मध्यपुर ठिमी भक्तपुरको आयोजनामा पहिलो एसईई कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा इम्यानुअल फुटबल टिम प्रथम, पिस पोइन्ट फुटसल टिम दाेस्राे भएका छन् । फेयर प्ले अवार्ड एडभान्स एकेडेमी बोडे टिमले पाएकाे छ भने उत्कृष्ट खेलाडी मदन पौडेल, सर्वाधिक गोलकर्ता लाक्पा तामाङ र उत्कृष्ट गोलकिपर सुरज शाही बनेका छन । विजेताहरूलाई नगद १० हजार, शिल्ड, प्रमाणपत्र र मेडल तथा उपविजेतालाई नगद पाँच हजार शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ। प्रतियाेगितामा जम्मा १९ विद्यालयका १९ वटै टिम सहभगी थिए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १३:००