१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

कोटेश्वरमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार


१४ असार, काठमाडौं । काठमाडौंको कोटेश्वरमा हिजो बेलुकी माइक्रोबासको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने पैदलयात्री स्याङजाको थुङचुङगढीका अन्दाजी ५२ बर्षीय देउ कुमार सेन रहेका छन् । पैदलायात्रीलाई ठक्कर दिएर माइक्रो बस अनियन्त्रीत भई ट्रकसंग ठोक्किएको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएका सेनको उपचारको क्रममा ग्वार्को स्थित वि एण्ड वि अस्पतालमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो । घाइते भएका माइक्रोका परिचालक रामेछापको मन्थली नगरपालिका–९ घर भई हाल ललितपुरको कुमारीपाटी बस्ने अन्दाजी २३ बर्षीेय विमल सुनुवारको बानेश्वर स्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बा२ख १२३१ नम्बरको जम्बो माइक्रो बसले हिजो बेलुकी पौने ८ बजे पैदलयात्री सेनलाई ठक्कर दिई अनियन्त्रीत भई बालकुमारीबाट कोटेश्वर तर्फ आउदै गरेको प्रदेश ३–०१–००६ख ०२९५ नम्बरको ट्रकमा ठोक्किएको थियो । दुर्घटना लगतै फरार भएका माइक्रोबसका चालकको खोजी भइरहेको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १०:३०