१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

विदुरको नगरसभा भोलि, एमालेले फेरि माइन्युट च्यात्छ कि सभामा बस्छ ?


१३ असार, नुवाकोट । नुवाकोटको विदुर नगरपाालिकको दोस्रो नगरसभाको पहिलो अधिवेशन भोलि हुँदैछ । यसअघि माइन्युट च्यातेर लफडा गरेको नेकपा एमालेले भोलिको सभामा के गर्छ प्रतिक्षाको विषय बनेको छ । एमालेका तर्फबाट निर्वाचित भएका वडा अध्यक्ष निलमबाबु ढुंगेलले माइन्युट च्यातेको विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले विज्ञप्ति मर्फत जानकारी दिएका थिए ।

यद्यपीले उनले सभाको सत्र सुरू हुनेबित्तिकै गणपुरक संख्या नपुगेपछि स्थगित भएको घोषणा गरेका थिए । नगरसभा सुरू हुनुपर्ने समयमा नगरप्रमुख श्रेष्ठले गणपुरक संख्या नपुगेका कारण सभा स्थगित भएको घोषणा गरेका थिए उनले असार १० गते नै अर्को नगरसभा असार १४ गते जिल्ला समन्वय समिति नुवाकोटको सभाहलमा हुने घोषणा गरेका थिए ।

बजेट हेर्न नदिएको भन्दै एमाले जनप्रतिनिधि उपस्थित नभएको र माइन्युट पनि च्यातिएपछि नगरसभा स्थगित भएको थियो । त्यसअघि श्वेतपत्रका कारण विदुरमा सत्ता गठबन्धन र एमालेको बीचमा विवाद बढेको थियो । सत्ता गठबन्धनको अलपमतले बहुमतमाथि निर्णय लादन खोजेपछि प्रतिक्रिया स्वरूप एमालेका तर्फबाट विभिन्न गतिबिधि भएको देखिएको छ । भोलिको सभा के हुन्छ भन्न भोलिसम्म नै कुर्नुपर्ने हुन्छ ।

यद्यपी नगरप्रमुख श्रेष्ठले दैनिकीसँग कुरा गर्दै भोलिको नगरसभाका लागि आफूले सहमतिको प्रयास जारी राखेको बताएका छन । उनले सहमतिमै सभा सञ्चालन गर्न मिल्नेमा आफू आशावादी रहेको बताए ।

च्यातेको अस्वस्वीकार 

वडा अध्यक्ष ढुंगेलले भने आफूले माइन्युट च्यातेको आरोपको खण्डन गरेका छन । उनले सिसिटिभीको सानो भिडियो क्लिप्स राख्दै उनले आफ्नो राजनीति सिध्यानका लागि आरोप लगाइएको बताएका छन । ढुंगेलले आफूले निर्णय फोटोकपी गरेर हिडेँको बताएका छन ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १६:४३