१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपालटारमा दिलमायाको हत्यापछि सूर्य आफैँले लेखेका थिए ‘नक्कली सुसाइट नोट’


१३ असार, काठमाडौँ । लोकगायिका दिलमाया सुनारको हत्या प्रकरणमा उनका प्रेमी भनिने सूर्य श्रेष्ठ पक्राउ परेका छन । सिन्धुपाल्चोकको साँगाचोकगढी १ स्याउले घर भै हाल काठमाडौँको कागेश्वरीमनहरा बस्ने सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई महनगरीय अपराध महाशाखा काठमाडौँको टोलीले पक्राउ गरेर महानगरीय प्रहरीबृत बालाजुको जिम्मा लगाएको छ ।

दिलमायाको हत्या उनी बस्ने कोठा तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारमा भएको थियो । प्रहरीले उनको हत्या नै भएको शंकाका आधारमा श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले सलको प्रयोग गरी घाँटी बेरेर हत्या गरेको खुलेको हो । दिलमायाको हत्या प्रश्चात सूर्यले नै उनको फेसबुकमा ‘नक्कली सुसाइट नोट’ राखेको प्रहरीले जनाएको छ । 

यस्तो छ सूर्यले दिलमायाको फेसबुकमा लेखेको ‘नक्कली सुसाइ नोट’

नमस्कार सबै जनामा र सबैलाई मिठो सम्झना छ । यो जिन्दगिको उतावचढाव धेरै भोगेँ तर जब म जान्ने भएँ अनि म एक्लो भएँ र कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिनँ । तर पनि हार खाईनँ तर अहिले धेरै गाह्रो भयो । म बाँचेर पनि दिनदिनै मर्न सकिनँ । आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगिको मोड धेरै अप्ठेरा आए पार पनि गरेँ । मैले गरेजस्तो लाग्दैन । जसलाई राम्रो गर्छु भने पनि भएन ।

म कहाँ जाउँ आमा दुःख पोख्न माइत आउँ भनी तिमलाई थाहा छ सबै कुरा भित्रभित्रै मोरेर बाँचेछु । आमा म नभएर केभो त ४ बैनी छोरी अरस छन् । मन बुजाउनु नरुनु आमा । छोरा तिमीलाई धेरै पढाउने मन र ठूलो मान्छे बनाउने मन थियो छोरा सकिनँ । तिमी जसरी भएपनि ठूलो मान्छे बन्नु है । म नभए तापनि मेरो आशीर्वाद सधैँ तिमीसित हुनेछ । बैनी हर्ष आमालाई गालि नगर्नु ।

आमा बाँच्दासम्म मेरो कमि हुन नदिनु । मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनु जसले भए पनि । र म थाकेँ धेरै थाकेँ अब म बाँच्न सक्दिनँ यो दुनियाँ धेरै स्वार्थी छ र म आफ्नो ईच्छाले यो कदम उचालेकी छु । र कसैलाई दोष छैन । र कसैले खोजी नीति पनि नगर्नु र मलाई पोष्टमार्टम पनि नगर्नु । म शीत पैसा छैन । म शीत थोरै सुन छ । त्यो सुन बेचेर पैसा मेरो छोरालाई दिनु ।

घरबेटीहरुलाई कसैले केही नगर्नु र अरसलाई पनि कसैले केही नगर्नु र मेरो लाश जसरी हुन्छ घरसम्म पुर्याइदिनु अप्ठ्यारोमा मेरो छोरालाई हेर्दिनु । छोरा चिन्ता नगर्नु है यही सम्झिनु मेरो आमा सानैमा मरेको हो भनेर मन बुजाउनु सबैले मलाई कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो । कतिबेला के हुन्छ थाहा छैन मेरो जीवन ।

दिलमायाको पिताले दिए किटानी जाहेरी 

आइतबार साँझ सुर्खेतबाट आइपुगेका दिलमायाका पिता केशर बिकले प्रहरी वृत्त बालाजुमा सूर्यकाविरूद्धमा किटानी जाहेरी दिएको वृत्तका डीएसपी गौतम मिश्रले जानकारी दिएका छन । गायिका दिलमायाको शनिबार राति आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। त्यो राति सँगै रहेका श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १५:३६