१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गायिका दिलमाया सुनार हत्या प्रकरणः प्रेमी सूर्य श्रेष्ठ पक्राउ


१३ असार, काठमाडौँ । लोकगायिका दिलमाया सुनारको हत्या प्रकरणमा उनका प्रेमी भनिने सूर्य श्रेष्ठ पक्राउ परेका छन । सिन्धुपाल्चोकको साँगाचोकगढी १ स्याउले घर भै हाल काठमाडौँको कागेश्वरीमनहरा बस्ने सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई महनगरीय अपराध महाशाखा काठमाडौँको टोलीले पक्राउ गरेर महानगरीय प्रहरीबृत बालाजुको जिम्मा लगाएको छ ।

दिलमायाको हत्या उनी बस्ने कोठा तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारमा भएको थियो । प्रहरीले उनको हत्या नै भएको शंकाका आधारमा श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले सलको प्रयोग गरी घाँटी बेरेर हत्या गरेको खुलेको हो । दिलमायाको हत्या प्रश्चात सूर्यले नै उनको फेसबुकमा सुसाइड नोटको रूपमा स्टाटस लेखेको पाइएको छ ।

प्रेमिका बनाएर राखेका श्रेष्ठले बिबाह गर्न दिलमायाले अनुरोध गरेपछि बदलामा हत्या गरेको बुझिएको छ । उनीहरू केही समयदेखिसँगै बस्दै आएका थिए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १२:५४