१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एसिया कप छनोट क्रिकेटः नेपालद्धारा अोमनसामू २२३ रनको विजय लक्ष्य प्रस्तुत


१३ भदौ, काठमाडौं । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले अोमनसामू २२३ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । सागर पुनको उकृष्ट ब्याटिङसँगै नेपालले एसिया कप छनोटमा ओमानलाई २२३ रनको लक्ष्य दिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन बनायो । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । नेपालका सागर पुनले उत्कृष्ट व्याटिङ गरेका छन । उनल ८३ रनको योगदान दिए । त्यस्तै करण कसीले १० बलामा २६ रन बनाए ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार ११:१५