१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

रसुवागढी हाइड्रोपावरको आइपिओ आजदेखि निष्कासन


१३ असार, काठमाडाैँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आइपिओ  निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि आइपिओ निष्कासन गरेको हो । रसुवागढीले १०० रुपैयाँ अंकित ६८ लाख ४२ हजार १०० कित्ता सेयर रसुवाबासीका लागि निष्कासन गरेको जनाएको छ । रसुवागढीले बिक्री प्रबन्धकमा सिदार्थ क्यापिटललाइ नियुक्त गरेको छ ।

कम्पनीले गोसाइँकुण्ड गाउँपालिका–१ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ र वडा नम्बर ५ चिलिमे र गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ । निष्कासन बन्द छिटोमा असार २७ र ढिलोमा साउन १० गते तोकिएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार ०८:१६