७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मन्त्रीबाट बिदाइ हुँदै गर्दा पटक-पटक रोइन् रामकुमारी झाँक्री


१२ असार, काठमाडाैं । शहरी विकासमन्त्री रामकुमारी झाँक्री बिदाइका बेला रोएकी छन् । मन्त्रालयमा पत्रकार सम्मेलन भइरहँदा उनी रोएकी हुन् । उनले मन्त्री पदबाट राजीनामा दिएकी छन् । उनी मन्त्री बनेको ८ महिना २० दिनपछि बिदाइ भएकी हुन् । झाँक्रीले आफ्नो कार्यकालमा भएका प्रगति विवरण पनि सार्वजनिक गरेकी थिइन् । प्रगति विवरण सार्वजनिक हुँदै गर्दा उनी रोएकी थिइन् ।

उनले मन्त्रालयलमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए ।  भावुक भएकी मन्त्री झाँक्रीले आफूलाई गाह्रो भएको बताउँदै बोल्ने कार्यक्रम पछाडि धकेलेपछि मन्त्रालयले बिदाइको चिनो दिने कार्यक्रम गरेको छ ।

आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका थिए ।  एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्री परिवर्तन गर्ने निर्णय गरेको थियो । तर मन्त्रीहरु बिदा हुन नमान्दा उक्त पार्टीमा बिबाद भएको थियो ।

 

प्रकाशित मिति : १२ असार २०७९, आईतवार १८:३३