१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

म्याडभेन्चर शो चलाउँदै अनुप र सौगात


१२ असार, काठमाडौं । अभिनेता अनुपविक्रम शाहीको सञ्चालन र सौगातमान सिंह बस्नेतको निर्देशन रहने एडभेन्चर रियालटी शो ‘म्याडभेन्चर’ दर्शकमाझ आउने भएको छ । यात्रा र एडभेन्चरमा ‘म्याडनेस’ थपेर रोचक र रोमान्चक यात्रा गराउने शोमा अभिनेता शाहीले पाँच भागमा फरक फरक स्थानको परिचय दिनेछन् । शोको गीत र संगीतको निर्माण लोकप्रिय ब्याण्ड ‘स्याडोज’ का सदस्य स्वप्निल शर्माले गर्नेछन् । शर्मालाई ‘फज फ्याक्ट्री’का रोहित शाक्यले सघाउनेछन् ।

निर्देशक बस्नेतका अनुसार यात्रा, संगीत र एडभेन्चरले भरिपुर्ण शोको तिब्र तयारी भइरहेको छ । शोको निर्माण पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय ट्रेकिङ टिम, प्रोडक्सन, ग्राफिक्स तथा एडभर्टाइजिङमा सक्रिय ब्राण्डलेन्सर र स्टुडियो कृयोले गर्नेछ ।

अंग्रेजी र नेपाली दुबै भाषामा निर्माण हुने शोमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का विषय समेटिनेछन् । ‘शोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने योजना छ’, निर्देशक सौगातले भने ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार १७:०२