१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

काठमाडौं वर्ल्ड स्कुलको ओपन हाउसमा रमाए एसइइका विद्यार्थी


१२ असार, भक्तपुर । काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरले शनिबार आयाेजना गरेको एकदिने ओपन हाउस २०२२ कार्यक्रममा विद्यार्थीहरू रमाएका छन् । एसइइ दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आयाेजना गरेको कार्यक्रममा विद्यार्थीहरु विशेष गरेर कन्सर्टमा रमाएका हुन् । एसइइ दिएर बसेका विद्यार्थीलाई परीक्षापछिको दिशानिर्देश दिनुका साथै मनारञ्जन दिलाउन कार्यक्रमको आयोजना गरिएको थियो ।

काठमाडौं वर्ल्ड स्कुलकी मार्कटिङ एन्ड एडमिसन प्रमुख आरति आचार्यले कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यका बाहिरका विभिन्न जिल्लाका विद्यार्थीहरू सहभागी भएको बताइन् । उनका अनुसार बिहान १० देखि साँंझ ५ बजेसम्म करिब एक हजार विद्यार्थी सहभागी भएका थिए । एसइइ दिएर बसेका विद्यार्थीलाई प्रवेश पत्रको आधारमा निःशुल्क प्रवेश गराइएको थियो ।

कार्यक्रममा सहभागी हुन काठमाडौ, ललितपुर र भक्तपुरबाट आउन चाहने विद्यार्थीलाई निःशुल्क बसको व्यवस्था गरिएको थियो । काठमाडौंका लागि बानेश्वर, ललितपुरका लागि लगनखेल र मध्यपुर थिमि भक्तपुरका लागि थिमि चोकमा बिहान १० बजे गाडीको व्यवस्था थियो । भक्तपुरको पाण्डुबजारबाट भने दिनभरि नै प्रत्येक आधाआधा घन्टाकाे फरकमा स्कुलले गाडीको व्यवस्था गरेको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीलाई एसइइपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारी गराइएको थियो । साथै उनीहरूलाई विभिन्न तरिकाबाट मनोरञ्जन दिलाइएको थियो ।

कार्यक्रममा सहभागी हुन भक्तपुरको जितपुरबाट आएकी सन्ध्या घोरसाइनीले स्कुलको भौतिक संरचना राम्रो लागेको बताइन् । उनले यहाँंका भव्य भौतिक संरचनाले आफूलाई आकर्षित बनाएको उल्लेख गरिन् । भक्तपुरकै सल्लाघारीस्थित सैनिक आवासीय माध्यमिक विद्यालयबाट एसइइ दिएर बसेका उनी स्कुलमा अध्ययनका लागि बुझ्न सहभागी भएको बताइन् ।

स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुमा छ । यो ठाउँं अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक चोकबाट करिव दुई किलोमिटर दक्षिण गुण्डु चोक जाने बाटैमा पर्छ । यहाँं पुग्न कालोपत्रेसहितको फराकिलो बाटो छ । ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँंमा स्कुलका दर्जनौ भव्य भवन छन् । कार्यक्रममा सहभागी हुन महोतरीबाट आएकाे बताउने रोशनकुमार महराले गाउँंमै एसइइ दिएको र अब यो स्कुलमा पढ्न चाहेको बताए । यसैका लागि आफू कार्यक्रममा सहभागी हुन आएको उनले बताए । आफूले मनोरञ्जनमा भन्दा पनि कलेजको पढाइको बारेमा बुझेको उनले सुनाए ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार ११:४०