७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सुनको मूल्य १०० रुपैयाँले वृद्धि


१२ असार, काठमाडौं । सुनको मूल्य आइतबार प्रतितोलामा १०० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार र शनिबार प्रतितोला ९७ हजार २०० रहेको सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार ११:३१