१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एसिया कप छनोटः ८.१ ओभरमा पहिलो विकेटको रुपमा सुवास खकुरेल रन आउट


१३ भदाै, काठमाडाैँ । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८.१ ओभरमा  पहिलो विकेट गुमाएको छ । सुवासले १५ बलमा ४ रन बनाएर आउट भए । नेपालले ३१ रनमा आफ्नो पहिलो विकेट गुमाएको छ ।

नेपाल र ओमनबीचको खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा खेल जारी छ । अहिले क्रिजमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । ज्ञानेन्द्रले निकै आक्रमक खेल्दै २७ रन बनाई सकेका छन् । नेपाल र ओमनबीच ५० ओभरको खेलमा ६ पटक भेट भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार ०८:३३