८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सान्जेन हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने


१० असार, रसुवा । सान्जेन हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आइपिओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री गर्न लागेको हो ।

जिल्लावासीका लागि सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो ।

कम्पनीले रसुवाको आमाछोदिङ्मो–५, चिलिमेमा १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार १८:०९