१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

वाइसिएल नेपालका पूर्व सचिव दिवस पाण्डे एमालेमा, ओलीले गरे स्वागत


१० असार, काठमाडाैँ । वाइसिएल नेपालका पूर्व सचिव दिवस पाण्डे नेकपा एमालेमा प्रवेश गरेका छन । पाण्डेले शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्वागत गरे ।

सो अवसरमा महासचिव शंकर पोखेरले केन्द्रीय सदस्यहरू कोमल वली र गंगा चौधरी, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने लगायत पनि उपस्थित रहेका थिए । पाण्डे नेकपा माओवादी केन्द्र चितवनका नेता पनि रहेको एमाले चितवनका जिल्ला कमिटी सदस्य ऋषिकेश रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार १५:३७