१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हलिउडका लोकप्रिय अभिनेता ब्राड पिटले फिल्मी अभिनयबाट अवकाश लिने


१० असार, काठमाडौं । हलिउडका लोकप्रिय अभिनेता ब्राड पिटले फिल्मी अभिनयबाट अवकाश लिने योजना बनाइरहेको बताएका छन् । तर उनले आफूले कहिलेसम्म अवकास लिने भन्ने बारे केही खुलाएका छैनन् ।

‘मेरा लागि फिल्म उद्योगमा अन्तिम समय चलिरहेको छ । थाहा छैन त्यसपछि कस्तो अनुभव हुनेछ । म त्यो समयलाई कसरी सदुपयोग गर्नेछु । म ती व्यक्तिमध्ये एक हुँ, जो आफ्नो कलाका लागि चिनिन्छन् । म जहिल्यै अभिनयमा रहन चाहन्छु । यदि मैले यसो गरिनँ भने म मर्नेछु’, उनले भनेका छन् ।

ब्राडले हालैमात्र ‘वान्स अपन ए टाइम इन हलिउड’मा सपोर्टिङ भूमिकाका लागि ओस्कार अवार्ड जितेका थिए । उनले दुई वर्षयता लो ग्रेड डिप्रेसनमा गुज्रिएपछि कसरी बाहिर निस्किएको भन्ने कुरा पनि उल्लेख गरेका छन् ।

ब्राड हालका दिनमा पूर्व पत्नी अभिनेत्री एञ्जेलिना जोलीसँग कानूनी विवादमा छन् । ब्राडले जोलीकाविरुद्ध वाइन व्यापारमा उनको शेयर बेचेको आरोपमा मुद्दा दर्ता गराएका छन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ०८:३४