१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

साउथ अष्ट्रेलियामा रहेकी नेपाली छात्रा पद्मा लामाको मृगौलामा समस्या, उपचारका लागि सहयोगको अपिल


९ असार, एडिलेड । युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाकी छात्रा पद्मा लामाको दुवै मृगौलामा समस्या देखिएकाले ट्रान्सप्लान्ट गर्नु पर्ने भएको छ । लामा परिवारको आर्थिक अवस्था कमजोर रहेकाले गो फन्ड मार्फत आर्थिक सहयोगको अभियान संचालन गरिएको छ ।

नेपाल चितवन घर भएकी लामा अध्ययनका लागि २०१८ मा अष्ट्रेलिया आएकी थिईन । २०१९ देखि स्वास्थ्यमा समस्या देखिएको र गत अगस्ट महिनामा थप स्वास्थ्य समस्या भए पछि परिक्षणको क्रममा दुवै मृगौला खराव भएको र फेर्नु पर्ने डाक्टरहरुले सुझाब दिएका थिए ।

जस अनुसार बाबु वा दिदीबाट मृगौला ट्रान्सप्लान्ट गर्ने निर्णय सहित नेपाल गएकी लामाले दुर्भाग्यबस रगत समुह नमिलेको कारणले परिवार बाहिरको व्यक्ति खोज्नु पर्ने भएको छ ।

जसका लागि भारत जानु पर्ने त्यसका लागि नेपाली रुपैया ५०-६० लाख खर्चको अनुमान गरिएको लामाबाट टेलिफोन मार्फत एडिलेडमा रहेका सामाजिक अगुवा तथा लामा सहयोग अभियान संचालन गर्दै आएको रेड राईनो क्रिकेट क्लबका अध्यक्ष हेम श्रेष्ठ जानकारी पाएको बताए । श्रेष्ठका अनुसार विगतमा संकलन भएको रकमबाटै हाल सम्म उपचार भैरहेको जसमा हप्तामा दुई पटक डायलोसिस गर्नु परिरहेको छ ।

बाल्यकालमै मातृ वियोग सहेकी हाल २९ बर्षे छात्रा लामाको उपचारका लागि रेड राइनो क्रिकेट क्लब एडिलेड, एडिलेड नेप्लिज स्टुडेन्ट एशोशियसन लगायतका संस्थाहरुले तामाङ सोसाइटी अष्ट्रेलियाले अगाडी बढाएको गो फन्ड मार्फत सबैलाई सहयोगको अपिल गरेका छन् ।

सहयोगका लागि यहाँ क्लिक गर्नुहोला । 

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार १५:३१