१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपालमा सार्वजनिक हुदै राइड मोड भएको टिभिएस अपाचीको नयाँ मोडल


८ असार, काठमाडाैँ । जगदम्बा मोटर्सले TVS Apache RTR 160 4V RTFI तथा BS-VI को नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारी गरेको छ । नेपालमा सार्वजनिक हुन लागेको सो मोटरसाइकलको BS-VI मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष ३ Ride Modes (Rain, Urban र Sport Mode) रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन्। यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने छ ।

यसैगरी यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको Race Tuned Fuel Injection (RTFI) टेक्नोलोजी युक्त BS-VI compliant इन्जिन रहेको छ। अटोमोबाइल जगतमा RTFI टेक्नोलोजिलाई निकै नै उत्कृष्ट मानिन्छ। यसैगरी BS-VI compliant इन्जिन सहितको Apache RTR नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिला देखि नै प्रतीक्षा गरिरहेको पाइन्छ। यस RTFI टेक्नोलोजी युक्त इनजिन्ले Milageमा वृद्धि गर्छ भने BS-VI compliant इन्जिन वातावरण मैत्री हुन्छ। यसले TVS को Racing DNA को इतिहासलाई थप नयाँ उचाइमा पुर्याएको छ।

त्यति मात्र नभएर यस मोटरसाइकलमा SmartXConnect फिचर रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् जसले बाटोमा यात्रा गर्दा अरु सामान्य मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिन्छ।

जगदम्बा मोटर्सले नयाँ TVS Apache RTR 160 4V RTFI with BS-VI काठमाडौँको Purple Haze Rock Bar बाट असार ७ गते सार्वजनिक गर्ने जनाएको छ । सो कार्यक्रम प्रख्यात नेपाली ब्यान्ड Cobweb तथा नेपालको विभिन्न मोटो भ्लोगर्सको साथै जगदम्बा मोटर्सको प्रतिनिधिहरुको उपस्थितिमा हुनेछन।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १६:३८