१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको नसामा समस्या, थप उपचारका लागि भारत जाने


९ असार, नुवाकोट । नेकपा एमाले नुवाकोटका अध्यक्ष एवं बागमती प्रदेश सभाका सदस्य बद्री मैनालीको नसामा समस्या देखिएको छ । उनले सामाजिक सञ्जाल मार्फत अस्पतालमा उपचाररत रहेको केही तस्बीर सार्वजनिक गर्दै आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका छन ।

मैनालीको ढाडको नसा च्यापिएको शंका नर्भिक अस्पतालका चिकित्सकले गरेका छन । चिकित्सकले मैनालीलाई थप उपचारका लागि भारतको मेदान्त अस्पताल जान सुझाव दिएका छन । मैनालीसँग दैनिकीले स्वास्थ्यको बारेमा चासो राख्दा उनले पार्टीको एउटा समिक्षा बैठक गरेर लगत्तै उपचारका लागि भारत जाने तयारी गरेको बताए ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार १०:१६