१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा बढुवा (सूचीसहित)


९ असार, काठमाडाैँ । गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको बैठकले बुधबार बढुवाको सिफारिस गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका एसएसपी वषन्तबहादुर कुँवरलाई पहिलो नम्बरमा र चारैजना महिला एसएसपीसहित १७ जनाको बढुवा सिफारिस गरेको छ ।

बढुवा हुनेहरुमा दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौंमा श्यामलाल ज्ञवाली छन् । यस्तै किरण बज्राचार्य छैठौं, सातौंमा यसअघिको बढुवामा पहिलो नम्बरमा रहेका सन्दिप भण्डारी रहेका छन् ।

बढुवा सिफारिस हुनेहरुमा क्रमश सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र अन्तिममा किरण राणा रहेका छन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार ०९:०६