८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नागरिकता विधेयक अगाडि बढाउने गठवन्धनकाे निर्णय


८ असार, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले संसदमा विचाराधीन विवादास्पद नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ ।सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा गठवन्धनले सो निर्णय लिएको जानकारी दिए ।

कार्कीले भने, ‘बुवा आमा नागरिक तर सन्तानले नागरिकता नपाउने जुन पीडा छ, त्यसलाई सम्बोधन गर्दै नागरिकता विधयेकलाई टुंगोमा पुर्याउने सहमति भएको छ,’  ।

उनले केही प्रक्रिया पूरा गरेर नागरिकता विधयेक चाँडै संसदमा पेश गरिने जानकारी दिए । बैठकमा शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउने विषयमा पनि छलफल भएको उनले बताए । साथै, देशमा अस्वभाविक रुपमा बढेको महंगी नियन्त्रणबारे पनि कुराकानी भएको उनले जानकारी दिए ।  उनले मन्त्रिपरिषद पुनर्गठनबारे भने बैठकमा छलफल नभएको बताए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १८:२९