१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनकाे कति ?


८ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा जानकी फाइनान्स, एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेमा बुधबार जानकी फाइनान्सको ९ लाख ६१७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै नेप्सेमा एनएलजी इन्स्योरेन्सको १२ लाख ६ हजार १३.०५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

यसैगरि नेप्सेमा प्रभु इन्स्योरेन्स १२ लाख ७८ हजार ९२.५६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सम्बन्धित शेयरधनीको डिम्याट खातामा यी कम्पनीको बोनस शेयर आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १७:५७