४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

नेप्सेमा ९ लाख ६१७ कित्ता बोनस शेयर सूचीकृत


८ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार जानकी फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको ९ लाख ६१७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको २०७७।०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १६:१८