११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

शिक्षा क्षेत्रमा धेरै परिवर्तन आवश्यक


२३ फागुन, काठमाडौँ । शिक्षा गुणस्तरीय हुनुपर्नेमा शिक्षाक्षेत्रसँग सम्वद्ध व्यक्तिहरुले जोड दिएका छन । बुधवार राजधानीको एपेक्स लाइप स्कुलमा आयोजना गरिएको शिक्षाप्रदर्शनीको उद्घाटन गर्दै शिक्षा क्षेत्रसँग सम्वद्ध व्यक्तिहरुले नेपालको शिक्षा क्षेत्रमा धेरै खालको परिवर्तन गर्नुपर्ने आवश्यकता समेत औल्याए ।

शिक्षाप्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि इजरालयी राजदुत बेनी ओमेरेले शिक्षाका कारण नै अमेरिका बेलायत लगायतका मुलुकले विकासमा फड्को मारेको उल्लेख गर्दै नेपालको शिक्षा पनि सुधारोन्मुख रहेको बताए ।

उनले शिक्षा गुणस्तरीय हुनपर्ने बताए । कार्यक्रममा शिक्षामन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले नेपालमा लामो समयदेखिको राजनीतिक अस्थिरताले गर्दा शिक्षामा आशा गरिए जस्तो सुधार हुन नसकेको विचार व्यक्त गरे ।

विद्यालयले सफलका साथै असल विद्यार्थी उत्पादनगर्नुपर्ने बताए । प्रदर्शनीमा विद्यार्थीले सिर्जना गरेको विभिन्न सामग्री राखिएका छन् । विज्ञान, नेपाली, सामाजिक नेपाली, गणित लगायत विषयगत तथा कक्षागत प्रदर्शनी विद्यालयले आयोजना गरेको हो ।

एक दिने प्रदर्शनीमा राजधानीका विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीले समेत अवलोकन गरेका थिए । विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपानेले विद्यार्थीले कक्षामा वर्षभरी उत्पादन तथा सिर्जना गरेको कलालाई नै शिक्षा प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।

२०४० सालमा स्थापित सो विद्यालय हाल राजधानीको चाहवविल सरस्वतीनगरमा रहेको छ । हाल विद्यालयमा तीन सय भन्दाबढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार १६:५५