१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

७ असार, काठमाडौं । सुनचाँदीकाे मूल्य म‌ंगलबार स्थिर छ । साेमबारकै मूल्यमा म‌ंगलबार सुनचाँदीकाे काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार साेमबार ताेलामा २०० ले वृद्धि भई सुन ९७ हजार ७०० रुपैयाँमा किनबेच भएकाे थियाे । साेही मूल्यमा म‌ंगलबार काराेबार भइरहेकाे हाे । तेजावी सुनको भाउ ९७ हजार २०० रुपैयाँ रहेकाे छ ।

म‌ंगलबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् । म‌ंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८३८ र चाँदी प्रतिऔंस २१.६७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार ११:५९