१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

सानिमा लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


७ असार, काठमाडाैँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले आव २०७६/७७ सम्मको मुनाफाबाट शेयरधनीलाई ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असार २० गते साधारण सभा बोलाएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार ०८:२५