१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

कम्युनिष्ट एकता हुनसक्छ: विप्लव


-दिलमाया शाही

७ असार, जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिष्ट दलसँग एकता हुन सक्ने बताएका छन् । जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले पश्चगामी नभई अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिष्ट एकता हुन सक्ने बताएका हुन् ।

उनले भने,‘ कम्युनिष्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ ।’ उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताए । न्युज कारखाना

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार ०७:३६