१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

राससको कार्यकारी अध्यक्षमा कांग्रेसका धर्मेन्द्र झा नियुक्त, माओवादी र समाजवादीमा रूवावासी


६ असार, काठमाडाैँ । नेपाल सरकारले राष्ट्रिय समाचार समिति (रासस) को रिक्त कार्यकारी अध्यक्ष पदमा नेपाली कांग्रेसका प्रचार विभागका पूर्व सदस्य वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले झालाई चारवर्षे कार्यकालका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका झाले २०४३ सालदेखि पत्रकारिता सुरु गरेका हुन ।

पत्रकार झाले नेपाली मूलधारको पत्रकारितामा लामो अनुभव सँगालेका छन । झा राससको अध्ययक्षमा नियुक्त भएकासँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ता पत्रकारमा रूवावासी चलेको छ । देउवालाइ प्रधानमन्त्री बनाइदिने दलका कार्यकर्ताले सञ्चार क्षेत्रमा नियुक्ति नपाएको रोदन गरेका हुन ।

उनीहरूले सत्ताको दुरूपयोग भएको भन्दै प्रधानमन्त्रीको आलोचना गरिरहेका छन । हामीले यहाँ प्रेस सेन्टरका नेता मनोज घर्तीमगर र समाजवादी प्रेसका नेता जीव बिसीले अभिव्यक्त गरेको भनाइ राखेका छौँ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार २२:२८