१३ असार २०७९, सोमबार | Tue Jun 28 2022

नेप्सेमा ४ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत

६ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रोगेसिभ फाइनान्स लिमिटेडको ६ प्रतिशत बोनस शेयर बापतको ४ लाख ८० हजार ६० कित्ता शेयर सूचीकृत भएको हो ।

फाइनान्सको गत आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थका लागि ०.३१५७ प्रतिशत नगद गरी कूल ६.३१५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १३:२१