७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एडिलेडमा वरिष्ठ कलाकार हरिवंश आचार्य सहित खेलाडीहरुको सम्मान


५ असार, एडिलेड । अष्ट्रेलियाको एडिलेड नेप्लिज क्रिकेट एशोसियसन(एन्का)ले क्रिकेट खेलको बिकासमा योगदानका लागि वरिष्ठ कलाकार हरिवंश आचार्य सहित खेलाडी तथा सहयोगीहरुलाई सम्मान गरेको छ ।

एन्काद्वारा आयोजित गत सिजनमा भएका कार्यक्रमको प्रस्तुति सहितको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा रेड राइनो क्रिकेट क्लव एडिलेडका संरक्षक समेत रहेका आचार्यको सम्मान गरिएको हो । आचार्यले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रवासी जिवनमा अध्ययन काम पारिवारिक जिवनका बाबजुत पनि क्रिकेट खेलमा सहभागी जनाएकोमा खेलाडी तथा सम्वन्धितहरुको प्रशंसा गरेका थिए । आचार्यको अनुपस्थितिमा रेड राईनो क्रिकेट क्लवका अध्यक्ष हेम श्रेष्ठले सम्मान ग्रहण गरेका थिए ।

प्रेसिडेन्ट अवार्डबाट सम्मानित मनिष काफ्ले ।

कार्यक्रममा एन्काले २०२१/२२ सिजनमा विभिन्न विधाका उत्कृष्ट भएका खेलाडीहरुलाई सम्मान गरेको थियो । जसमा प्रेसिडेन्ट अवार्डबाट हिमालयन वारियर क्रिकेट क्लबका मनिष काफ्ले सम्मानित भएका थिए । सो सम्मानका लागि काफ्ले सहित, सुनम गौतम, प्रियसन थापा मगर मनोनीत भएका थिए ।

यस बर्ष हाल आयरल्याण्डमा व्यवसायी खेलका क्रममा रहेका एन्काका टिम क्याप्टेन सुनम गौतमले तिन विधामा सम्मान प्राप्त गरे । गौतमले गत सिजनको मोस्ट भ्यालुयवल प्लेयर (पुरुष) र बेस्ट प्लेयर , एन्का सुपर लिगको वेस्ट प्लेर सम्मानबाट सम्मानित भएका थिए । यसै गरि गत सिजनको भ्यालुयवल प्लेयर (महिला) बाट बिनिता सिह, महिला टि १२ लिगको बेस्ट प्लेयरबाट पायोजा थापा सम्मानित भएका थिए ।

गत बर्ष सम्पन्न एक्सपर्ट एन्का सुपर लिगको बेस्ट प्रफरमेन्ट अन फिल्डबाट मनिस काफ्ले, बेस्ट बलरबाट आशिष राना मगर, इमर्जिङ प्लेयरबाट प्रमेश गिरी सम्मानित भएका थिए । एन्का महिला टिम एन्का सनसाइनको इमर्जिङ प्लेयरबाट रश्मी महत र राइजिङ प्लेरबाट अनिता सिह सम्मानित भएका थिए ।

कार्यक्रममा विज्ञापनदाताहरु सहित विभिन्न कार्यक्रमहरुमा सहयोग गरे बापत एडिलेड नेपाली विद्यालय र एडिलेड नेपाली पाठशालालाइ समेत सम्मान गरिएको थियो । कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको पुर्व मन्त्री जिङ लीले क्रिकेट मार्फत एन्काले नेपाली समुदायलाई जोडेको बताउदै रक्तदान लगायतका सामाजिक कार्यको प्रशंसा गरेकी थिईन ।

तीन बिधामा सम्मान प्राप्त सुनम गौतम ।

यसैगरि एन्काको सल्लाहकार पारा ओलम्पियन क्ट्रीना ओएभले एन्काले समुदायमा पुराएको योगदानको प्रशंसा गरेकी थिईन । एन्का अध्यक्ष विजय जोशीले गत सिजनमा क्लव, खेलाडी, विज्ञापनदाता सहित सहयोगीहरु धन्यवाद दिदै सहयोगलाई आगामी बर्षहरुमा जारी रहने विश्वास व्यक्त गरेका थिए । एन्का सचिव डोलकर गुरुङको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन क्रिकेटर समेत रहेका दिपक क्षेत्रीले गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०७९, आईतवार २१:५२