१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

केन्याविरुद्धको जितमा महत्वपूर्ण बनेको सोमपालको त्यो दुई रन


२९ माघ, काठमाडौँ । निकै संघर्षपूर्ण तरिकाले विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई नेपालले ३ विकेटले पराजित गरेको छ । अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन चाहिएको थियो । अन्तिम ओभरको पहिलो बलमा रोहितले दुई रन लिएका थिए । तर अन्तिम ओभरको तेस्रो बलमा रोहित रनआउट भए । १ बलमा २ रन चाहिएको अवस्थामा सोमपालले २ रन लिएर नेपाललाई विजयी गराए ।

सोमपालले ५ बलमा नटआउट रहँदै ५ रन बनाए । प्रतियोगितामा अहिलेसम्म खेलेका ४ मध्ये ३ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । आफूले खेलेका तीनै खेल हारेको केन्या भने अंक तालिकाको पुछारमा छ । ६ टिम सहभागी यो प्रतियोगिताको शीर्ष २ मा पर्न सके नेपालले विश्वकप छनौट खेल्न पाउने छ । नेपाले अब आफ्नो अन्तिम खेल बुधबार क्यानडासँग खेल्नेछ ।

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार २२:३८